जनकपुरधाम,(कुमार पंकज)। श्रीपञ्जमीको सरुवा भए सुरुवातसँगै जनकपुरधामका विभिन्न स्थानमा स्थापना गरिएका मा सरस्वतीको मूर्तिहरु आज विसर्जन गरिएको छ ।
हिजो बिहीवारको दिन मूर्ति प्रतिस्थापन गरी मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजाआर्जना गरिएको थियो । श्रद्धालु भगतजन लगायत विद्यार्थीहरलाई दर्शन गराउने उद्देश्यले जनकपुरको विभिन्न चोकचोकमा अस्थायीरुपमा माता सरवस्तीको मूर्ति स्थापना गरी पूजाआर्जना गरिएका मूर्तिको आज नजिकका नदी तलाउ पोखरीमा लगेर विसर्जन गरिएको हो । देश भरिमा सरस्वती पुजाको सुरुवातसँगै मुर्तिकार र मुर्ति बनाउने पसलहरुबाट हजारौँको सङ्ख्यामा दुर्गा भवानीका मूर्तिहरु किन्नेका थिए ।
मधेस प्रदेशको विभिन्न जिल्लामा माता सरवस्तीको पूजाआजा गर्ने प्रचलन निकै बढी भएका कारण तथा सबैका घरमा सरस्वतीको मूर्ति राखेर पूजा गर्न नसक्ने हुँदा टोलवासी जम्मा भएर सामूहिकरुपमा पूजा गर्न मूर्ति प्रतिस्थापन गर्ने गरिन्छ । नेपालमा मा सरस्वतीको मूर्ति बनाउने दक्ष कालीगढहरुले मूर्ति बिक्री गरी लाखौं रुपैया कमाउने गर्दछ ।





