जनकपुरधाम /(कुमार पंकज) । धनुषामा कटुवा पेस्तोल लिएर घुमीरहेको एक युवक पक्राउ परेका छन् । मिथिला-२ नाक्टाझिज स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा पक्राउ परेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ७ का २८ वर्षीय रौशन महतो रहेको प्रहरीले जानकारी दिएको छ ।
महतोको साथबाट माउजर पेस्तोल १ थान, गोली २ राउण्ड लोड गरिएको र १ थान म्याग्जीनसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






