काठमाडौं(कुमार पंकज)। यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यही माघ ११ गते बसेको निर्णयअनुसार शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो।
बोर्डका अनुसार परीक्षा आउँदो चैत १७ गते शुक्रबारदेखि हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ एसईई परीक्षा चैत २९ गते सकिनेछ ।






