मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार हुदै

२०७९ माघ १६, सोमबार ०३:१७

जनकपुरधाम,(कुमार पंकज)।
मधेश प्रदेश मन्त्रिपरिषद् सोमवार विस्तार हुने भएको छ ।सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भएसँगै मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले दिएको जानकारी अनुसार सोमवारसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ । सम्भव हुन सकेन भने मंगलवार निश्चित नै विस्तार हुन्छ । सरकार गठनको दुई साताभन्दा बढी समय भइसकेपनि के कति कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको जिज्ञासामा मुख्यमन्त्री यादवले दलहरुबीच सहमतिमा समय लाग्यो, त्यसपछि प्रदेश प्रमुखज्यू नै जनकपुर बाहिर हुनु हुन्थ्यो, त्यही भएर समय लागेको हो । तर अब प्रदेश प्रमुखज्यू आइसक्नु भएको छ, भोली नै    मन्त्रिपरिषद् विस्तार हुनेछ ।

सत्ता साझेदार दलबीच पुर्व सहमति अनुसार प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री सहित ४ मन्त्रालय, नेकपा एमालेले ४, जनमट पार्टीले २, माओवादीले एउटा मन्त्रालय पाउनेछ । सत्ता साझेदार
दलबीच भएको सहमति अनुसार जनता समाजवादी पार्टी(जसपा) ले मुख्यमन्त्री, अर्थ मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उर्जा तथा खानेपानी मन्त्रालय पाएको उच्चश्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?