सप्तरीका एसपी अभि नारायण काफ्लेको पनि सरुवा, नयाँ एसपीमा नरेन्द्र कुमार कार्की आउँदै

२०७९ माघ २०, शुक्रबार १७:२२

सप्तरीमा नयाँ एसपी नरेन्द्र कुमार कार्की आउँदै ,अभि नारायण काफ्ले सरुवा
चन्दन रजक
नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा गरेको विभिन्न जिल्लाको प्रहरी उपरीक्षक (एसपी) को सूचिमा सप्तरीका एसपी अभि नारायण काफ्लेको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको २०७९ माघ १९ गतेको निर्णय अनुसार उनीहरुलाई सरुवा गरिएको हो । सरुवा सूचि अनुसार सप्तरीका एसपी ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा बिकास शाखा रामाशाहपथ ,काठमाडौंमा सरुवा गरिएको हो ।

विहिबार जारी सरुवा सूचिमा यसअघिको सरुवा समेत गरी ९५ जना एसपीको सरुवा गरिएको । सोही अनुसार सप्तरीका एसपीलाई प्रहरी रामाशाहपथ ,काठमाडौं सरुवा भएको छ भने नयाँ एसपीको रुपमा सप्तरीमा नरेन्द्र कुमार कार्की आउने भएको छ ।

सप्तरीका डिएसपी माधव काफ्लेलाई समेत सरुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?