राजविराज नगरपालिकाद्वारा पत्रकारलाई विद्यालय अनुगमनमा राेक

२०७९ माघ २४, मंगलवार ०३:३४

रामनाथ यादव -२३ माघ
सप्तरीको राजविराज नगरपालिका भित्र रहेका विद्यालयहरुकाे अनुगमन गर्न पत्रकारहरुलाई राेक लगाएका छन।
राजविराज नगरपालिकाकाे कार्यालयकाे आँखा अगाडि रहेकाे रमेश नारायण दास आदर्श आधारभूत विद्या मन्दिरमा साेमवार अनुगमन गर्न विद्यालयका प्रधानाध्यापिका विभा झाले विद्यालय परिसर भित्र प्रवेश गर्न राेक लगाएकाे हाे । उनलाई आग्रह गरेपनि कुनै सुनवाइ गरेन । अटेरी गरि उनले भने नगरपालिकाकाे आदेश पत्र विना विद्यालय प्रवेश गर्न दिदैनाै । पत्र लिएर आएपछि मात्र विद्यालय भित्र जान सक्नु हुन्छ । अनुमति निवेदनमा ताेक लगाउन दिन भरि शिक्षा शाखा प्रमुख भाेगेन्द्र प्रसाद यादव , निम्ति प्रमुख प्रशासकीय अधिकृत निरंजन यादव ,कार्यवाहक नगर प्रमुख इसरत प्रवीण ,प्रशासन शाखा अधिकृत रामचन्द्र दास,कृषि शाखा प्रमुख हरि नारायण यादव लगायत कर्मचारीहरु समयमा उपस्थित नरेकाे कारण दिन भरि निवेदनमा ताेकलगाउन कुर्नु पर्याे । कर्मचारी तथा कावा प्रमुख एवम् निम्ति प्रमुख प्रशासकीय अधिकृत दिन भरि कार्यक्रममा व्यस्त रहेकाे वताए ।
कुनै पनि क्षेत्रमा पत्रकारलाई रिपोर्टिङ गर्न राेक लगाउनु शंकास्पद रहेकाे आम जनताकाे वुझाइ हाे । शिक्षा शाखा संयाेजक भगवती विश्वकर्माका अनुसार नगर भित्र रहेका विद्यालयका प्रअ तथा शिक्षा शाखा प्रमुखले नियम वनाएकाे कारण विद्यालय जन नगरपालिकाकाे अनुमानि अनिवार्य रहेकाे छ । पत्रकार महासंघकाे राेहवरमा यस्तो निर्णय भएकाे उनले जानकारी दिए । यस विषयमा नेपाल पत्रकार महासंघसंग जानकारी लिदा आफूहरूलाई कुनै जानकारी नरहेकाे जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?