बडीमालिका २ का विद्यार्थी र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

२०७९ माघ २४, मंगलवार ११:४२

बडीमालिका २ का विद्यार्थी र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

रोशन -बाजुरा — जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, ७२ जना जेष्ठ नागरिक, २१ जना एकल महिला र ८ जना अपाङ गरी ४ सय ४६ जनालार्ई चिसो छल्न न्यानो लुगा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर हमालले बताएका छन् ।

वडा भित्रका गरिब तथा विपन समुदायका बालबालिका, जेष्ठ नागरिक, अपाङ र एकल महिलालाई लक्षित गरी साढे ४ लाख बढीको न्यानो लुगा वितरण गरिएको २ का वडा अध्यक्ष डम्वर महतले बताएका छन् । काठमाडौंमा रहेको गोदावरी पूर्व विद्यार्थी संघले चिसो सिजनलाई लक्षित गरेर प्रत्येक विद्यार्थी, एकल महिला, जेष्ठ नागरिक र अपाङगलार्ई एक/एक जोडा न्यानो लुगा सहयोग भएपछि विद्यार्थी र जेष्ठ नागरिक खुसी भएका छन् । हिजो सोमबार विद्यालयमा एक औपचारिक कार्यक्रमका बीच न्यानो लुगा हस्तान्त्रण गरिएको थियो । न्यानो लुगा वितरण कार्यक्रममा बोल्दै गोदावरी पूर्व विद्यार्थी संघका अध्यक्ष प्रकाश बावु केसीले दुर्गममा रहेको विद्यालयका विद्यार्थी र जेष्ठ नागरिकलाई संस्थाको तर्फबाट सम्वन्धित ठाउँमै पुगेर सहयोग गर्न पाउँदा धेरै खुसी भएको बताएका छन् ।उनले आगामी दिनमा पनि सत्यवादी माविलाई आवश्यक पर्ने सहयोग गर्न संस्था तयार रहेको बताएका थिए

वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको अध्यक्षतामा आयोजना गरिएको न्यानो लुगा हस्तान्त्रण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा उपप्रमुख नन्दा थापा, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख हर्कबहादुर सिंह र सहयोगी निकाय गोदावरी पूर्व विद्यार्थी संघका अध्यक्ष प्रकाश बाबू केसी र सिईयो सिकन्दर थापा विशिष्ट अतिथि रहेका थिए । न्यानो लुगा हस्तान्त्ररण कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले सहयोगी निकायलाई धन्यवाद दिएका थिए । उनले बडीमालिका नगरपालिका भित्रका २८ विद्यालय मध्ये सत्यवादी मावि र मालिका नमुना माविलाई नमुना विद्यालयको रुपमा विकास गर्ने गरि बडीमालिका नगरपालिकाले तयारी गरेको बताएका छन् ।

कार्यक्रममा सहयोगी निकाय गोदावरी पूर्व विद्यार्थी संघको टिमलाई वडा कार्यालयले दोसल्ला अोडाएर सम्मानसहित मायाको चिनो समेत प्रदान गरेको थियो । त्यस्तै कार्यक्रममा बडीमालिका रोजगार संयोजक प्रमिला थापा, अनेरास्ववियु बाजुराका सहसचिव प्रेम नेपाली, पत्रकार मदन विक र लक्ष्मीराज पाध्याय लगायत सहभागि भएका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक यज्ञ रोकायाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?