पर्सा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२०७९ फाल्गुन ४, बिहीबार ०८:४८

सर्लाही (कुमार पंकज) l
राष्ट्रपति रनिङशिल्ड पर्सा गाउँपालिका स्तरीय प्रतियोगिता आज बिहिवारबाट सुरु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ६ को खेलमैदानमा प्रतियोगिता सुरु भएको छ । पालिस्तरीय प्रतियोगीतामा आधारभुत तहका कक्षा ६ देखि ८ र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न कार्यक्रममा भाग लिएका छन् l

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम र नेपालको राष्ट्रिय भण्डा समेत लिएका हुन् ।

Sanjay Mandal

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव बिस्पतले पालिकाको गैरबको रुपमा विद्यार्थीहरु रहेको र उनिहरुलाइ खेलकुदमा अगाडि बढाउ मेरो महत्त्वपूर्ण भुमिका रहने बताए। उहाँले प्रतियोगिताको सफलताको शुभकामना समेत दिनु भएको छ ।

Sanjay Mandal

कार्यक्रममा पर्सा गाउँपालीकाका अध्यक्ष धिरेन्द्र यादव बिस्पत, समाजसेवी अरुण, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बुद्धिजीवी, समाजसेवी लगायत विभिन्न विद्यालयका प्र.अहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रम ०५ गते समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?