जनकपुर साहित्य महोत्सव सुरु

२०७९ फाल्गुन ११, बिहीबार १६:१६

जनकपुरधाम,(कुमार पंकज)

आज बिहिवार जनकपुर साहित्य महोत्सव सुरु हुने भएको छ । फागुन ११ देखि १४ गते सम्म हुने महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता रहने आयोजक पक्षको भनाई छ । साहित्य महोत्सवमा राजनीति, साहित्य, व्यापार कला संस्कृतितर्फ बहस हुने आयोजक पक्षले जानकारी दिइयो ।

दिबेश कुशवाहा

जानकी मन्दिरको प्राङ्गणमा नव मिथिला फाउण्डेशनको आयोजन र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा चौथो संस्करणको तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव’ हुन लागेको हो ।

दिवेश कुशवाहा

महोत्सवमा जानकी दर्शन,प्रविधि र संस्कृति, साहित्य, किताब वर्णदेखि वस्तुसम्म, लगायतको विषयमा चर्चा गरिने आयोजक पक्षले जानकारी दिएको छ । समारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम हुने जनाइएको छ । यस वर्ष महोत्सवमा मैथिली लोग गायिका मैथिली ठाकुरलाई पनि आमन्त्रण गरिए छ।

दिवेश कुशवाहा

पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेको छ । सो कार्यक्रममा मधेस प्रदेश का विभिन्न मन्त्रीहरु ,राजनीतिकर्मी , संञ्चारकर्मी ,लगायतको सहभागिता रहेको थियो ।

दिवेश कुशवाहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?