महोत्तरी,(कुमार पंकज)/
मुखियापट्टि मुशहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवले बालबालिकालाई विद्यालय भर्ना गर्न अभिभावकलाई आग्रह गरेका छन् ।उनले सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गरे ।
आधारभूत शिक्षा नलिएको व्यक्तिहरुलाइ राज्य र अन्तर्राष्ट्रिय स्तरमा कुनै किसिमको काम गर्न अप्ठ्यारो भएको हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु-याउन आवश्यक रहेको अध्यक्ष यादवले उल्लेख गरे । स्थानीय सरकार शक्तिशाली भएमात्र भर्ना अभियान सफल हुने भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले भर्ना अभियानलाई विशेष जोड दिनुपर्ने बताए ।
उनले अझै पनि दलित बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन नसकिएको अवस्था रहेको उल्लेख गदै सबै जातजाती, भाषाका बालबालिकालाई विद्यालयको पहुँमा ल्याउन असाधारण अभियान चलाउन जरुरी रहेकोमा जोड दिए । साथै गाउँपालिका भित्र रहेको अपाङ्ग/ असहाय बाल बालिकाहरुलाई खोजी गर्दै र बिद्यालय पठाउन घर घरमा गएर अभिभावकहरु लाई आग्रह गर्नुभएको छ।






