बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो अध्यक्ष यादवको भनाइ

२०७९ फाल्गुन १६, मंगलवार १३:०५

धनुषा,(रामआशिष यादव)/
कृषि तथा पशुपन्छि बिकास मन्त्रालय , FAO र बिश्व बैंकको सहयोगमा संचालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (FANSEP) कार्यक्रम अन्तर्गत क्लस्टर इकाई धनुषाको आयोजना तथा बाल संरक्षण सामुदायिक अध्यन केन्द्र जनकपुरधाम-४,धनुषाको मुखियापटि मुसहरनिया गा.पा.-३, तुलसियाहि मा आयोजित मिथिला नमुना पोषण आमा समुहको फिल्ड अवलोकनमा देश तथा विदेशबाट आएको विभिन्न संस्थाहरुको प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

उक्त कार्यक्रम लाई सम्बोधन गर्दै धनुषा को मुखियापट्टी मुसहरनिया गाउँपलिका अध्यक्ष जय कुमार यादव
”बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो । राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन् ” भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?