सी जिनपिङ चीनको राष्ट्रपति चयन

२०७९ फाल्गुन २६, शुक्रबार ०५:३८

२६ फागुन, काठमाडौं

सी जिनपिङ तेस्रो कार्यकालका १४ औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार राष्ट्रपतिमा निर्वाचित भएका  हो।

६९ वर्षीय सीलाई ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । यो सँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?