जनकपुरधाम,(कुमार पंकज)/
जनकपुरधाममा बिहीवारदेखि प्रथम मेयर कप टि-२० किक्रेट प्रतियोगिता हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा र धनुषा किक्रेट संघको संयोजनमा प्रथम मेयर कप टि-२० प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिता निर्माणाधीन रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । प्रतियोगिताका लागि महानगरपालिकाले २५ लाख रुपैयाँ बिनियोजन गरेको छ्न भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दश लाख दिने घोषणा गरेका छन् । प्रतियोगितामा मधेस प्रदेशको आठ जिल्लाको टिम र अन्य चार प्रदेशको टिमहरुको सहभागी रहनेछ ।






