बच्चाको मुटु अपरेशनको लागि पुनमलाई मोडेल मल्टिपल कलेजका विद्यार्थीहरुले गरे आर्थिक सहयोग

२०७९ चैत्र १६, बिहीबार १७:१७

जनकपुरधाम,
वैदेशिक रोजगारीमा रहेका श्रीमानसँग सम्पर्क विच्छेद भएपछि टुहुरो बनेकी पुनमलाई बच्चाको मुटुको अपरेशनको लागि निरन्तर सहयोग हुन थालेको छ ।

जनकपुरको अस्पतालमा ७ महिने बच्चालाई लिएर उपचार गराउन आएकी सिरहा सुखिपुरकी पुनम कुमारी मण्डललाई जनकपुरधामस्थित रहेको मोडेल मल्टिपल कलेजका विद्यार्थीहरुले आर्थिक सहयोग गरेको छ ।

विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर पुनमको बच्चाको अपरेशनको लागि आर्थिक सहयोग गरेको हो । मोडेल मल्टिपल कलेजका बि.बि.एस. प्रथम वर्ष र दोस्रो वर्ष र तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजाको पैसा कटाएर ३५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

सो कक्षाका विद्यार्थीहरुले दान अभियान चलाएर २७ हजार ५०० रुपैयाँ जम्मा गरेका थिए । सोही क्रममा हिन्दु सम्राट सेना सोनुखरा समुहले समेत ६ हजार रुपैयाँ सहयोग गरेका हुन् । कुल ३५ हजार ५०० रुपैयाँ पुनमलाई सहयोग गरिएको हो ।

न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादवले पुनमको बारेमा भिडियो बनाएपछि सहयोगी हातहरुले निरन्तर सहयोग गर्न थालेको हो । मोडेल मल्टिपल कलेजका कुमार पँकजको अगुवाईमा चलाइएको रकम सँकलन अभियान सफलतापूर्वक सो रकम हस्तान्तरण गरिएको हो ।

त्यसको लागि रिना साह, प्रतिभा दास, अँजली साह, बबिता साह, अमिशा साह, शिक्षा कुमारी मल्लिक, आरती सिँह, अँजली कुमारी, रुबी कुमारी यादव, जुही कुमारी , प्रियँका कुमारी, दिलिपराज पटेल, भावेश तिवारी, मनिष महतो, रामराजु ठाकुर, केशव साह, विवेक यादव, जयराम मण्डल, अजय पण्डित, आकाश यादव, दिपेश कुमार यादव, साजन कुमार यादव, कुमार पँकज, प्रियँका मण्डल, मीरा कुमारी चौधरी, सीता कुमारी यादव, अलाउदिन साफी, रोहित साह,संजय साह, संतोष साह,चान्दनी साह, र गणेश कुमार यादव लगायतले आफ्नो पोकेट खर्च कटाएर सहयोग गरेका हुन् ।

केही टिकटकीया विद्यार्थीहरुको कारणले नाकारात्मक टिकाटिप्पणी गरिएको मोडेल मल्टिपल कलेजमा यस्ता सहयोगी मनहरु पनि रहेको उदाहरण पेश गरेको छ । यी विद्यार्थीहरुले एक नमुना र उदाहरणीय कार्य गरेका हुन् ।

विद्यार्थीहरुले विभिन्न चोकहरुमा समेत पुनमको बच्चाको लागि चन्दा मागेका थिए । उनीहरुले नै अभियान चलाएर ५–१० रुपैयाँ गरी ३५ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको हो ।
पुनमको ७ महिने काँखे बच्चाको मुटुमा प्वाल भएकोले अपरेशन गर्नुपर्ने भनिएको छ । श्रीमान वैदेशिक रोजागरीमा गएर टिकटोकिया युवतिहरुसँग लागेपछि परिवारजनसँग सम्पर्क विच्छेद गरेका हुन् ।
copied:- enewsbureu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?