सुमित/जनकपुरधाम शुक्रवार जनकपुरधाम स्थित मोडेल पूर्वाञ्चल कलेज द्वारा आयजित विदाई तथा स्वागत कार्यक्रममा मधेश सरकारका उद्योग बन् तथा पर्यटन राज्य मन्त्री रहोबार अंसारीले शिक्षा क्षेत्रमा मोडल मल्टिपल कलेज ले पुर्याएको योदानकको प्रशंसा गर्दै यस्तो बताउनु भएको हो।
उहाँले शिक्षा क्षेत्रमा निजी शिक्षा प्रदायक संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नु भयो। मन्त्री अन्सारीले निजि शिक्षा प्रदायक संस्थाहरू अहिलेको परिपेक्षमा अनिवार्य रहेको बताउनु भयो। उहाँले आजको यस परिपेक्षमा व्यवस्थान संकायका विद्यार्थीहरू जागिर खोज्नु भन्दा पनि जागिर दिन सक्ने उद्यमी बन्नको निम्ति प्रेरणा दिनुभएको थियो।
बी बी ए पहिलो सेमेस्टर को स्वागत तथा बी बी ए आठौँ सेमेस्टरको विदाई गर्ने उद्देश्ले आयोजित कार्यक्रममा मोडेल पूर्वाञ्चल कलेजका भिभिन्न सेमेस्टरका बिद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा डा सुरेन्द्र लाभ कर्ण, राजर्षि जनक बिश्व विद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा डा श्याम किशोर महतो लगायतका मोडेल पूर्वाञ्चल कलेजका शिक्षकहरु काे उपस्थिति थियाे।






