ब्याजदरको समस्या सम्बोधन हुन्छ-अर्थमन्त्री डा. प्रकाशशरण

२०७९ चैत्र २८, मंगलवार ०७:५५

काठमान्डौ ,चैत २८

अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या सम्बोधन हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले सकरात्मक मनोबल बढ्ने गरी कदम चालेको बताएका छन ।

साधरण सभामा बोल्दै उनले ऋणको पुनर्तालिकीकरण गर्न थालिएको कदम चालेको संकेत गरे।

अर्थमन्त्री महतले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता जनाउँदै अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने साथै लगानीको वातावरण सहज गराउने , ढिलासुस्ती गर्ने प्रवृत्ति हटाउन र सरकारमा पनि निजी क्षेत्रमा पनि समस्या रहेकाले लगानीको वातवरण सहज बनाउन अल्पकालिन र मध्यमकालिन योजनाका साथ काम गरिने आवश्यक रहेको बताए

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?