शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो।प्र.अ.अमरनाथ साफीको भनाइ,
मुखियापट्टी मुसहरनिया गाउँपालिका वार्ड न.६ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय का प्र.अ.अमरनाथ साफी भन्नु हुन्छ- “शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो।कसैलाई अधिकारबाट बञ्चित गर्नु पाप हो।आउनुहोस् बालबालिकालाई स्कुलमा भर्ना गराइ एकजुट भइ विद्यालय सञ्चालनमा सघाउ पुर्याउन सहयोगीको भुमिका खेलौं । काम छोडाइ स्कुलमा भर्ना गराइ असल अभिभावकको परिचय दिउँ”
उहाँ चाहिँ शैक्षिक सत्र २०८० विद्यार्थी भर्ना अभियान को नारा ” समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान ” को बैनर लिइ मु. मु. गा. पा. वार्ड नं- ६ मा रहेका सम्पूर्ण गाउँ र टोल टोलमा गइ सम्पूर्ण अभिभावकहरुलाई समयमै बालबालिकाहरुको भर्ना गराउन आग्रह गर्नु भएका हुन्। एक जना स्थानीय अभिभावक राम आशिष यादव भन्नुहुन्छ ” “जिन्दगी धेरै छोटो र चुनौतीपूर्ण छ समर्पण, साहस र भावना चाहिन्छ, राम्रो आनीबानी, आचरण व्यवहार र मानवताले राष्ट्रलाई समृद्धितर्फ लैजान्छ ।” उहाँ जस्तो शिक्षक हाम्रो समाजमा हुनु हाम्रा लागि भाग्य को कुरा हो ।त्यसैले सम्पूर्ण अभिभावकहरुलाई यस शैक्षिक सत्र २०८० देखि कक्षा बालविकास देखि कक्षा ९ सम्म विभिन्न शैक्षिक सामग्रीहरुको प्रयोग गरी शिक्षण कार्य सञ्चालन हुन गइरहेको व्यहोरा समेत जानकारी गराइन्छ।





