११ वैशाख, तनहुँ ।
तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सुरु देखी नै अग्र्ता कायमै राखिएको छ ।अहिले सम्मको सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ ,नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत, त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् ।सो निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छन् ।






