मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने बताएका हुन् । सरकारको नेतृत्वमा भने आलोपालो हुने मुख्यमन्त्री पाण्डेले बताए । अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए । प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिने पनि उनले बताए ।





