जनकपुरधाम/(कुमार पंकज),
जनकपुरधाममा आज धुमधामकासाथ जानकी नवमी पर्व मनाइँदैछ। मिथिलाको भुमिमा राजा जनकले हलो चलाउँदा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ।
जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर लगायतमा पूजा गर्ने श्रद्धालुहरूको भीड लागेको छ।केही वर्षअघिसम्म औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी केही वर्ष यता विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउने गरिएको छ।
सीताको जन्मोत्सवमा सहभागी हुन एवम् पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटक जनकपुरधाम आएका छन्।सीताको जन्मदेखि न्वारन सम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउने गरिन्छ।






