विवाह गर्न नमाने पछि डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या

२०८० बैशाख १७, आईतवार ०७:०८

काठमाडौं – विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन्। नर्स समेत रहेकी प्रेमिका अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन्। प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ। मृतक अनुमा स्टाफ नर्स हुन् भने प्रेमी भनिएका ढकाल डाक्टर रहेका पाइएको छ। अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा कार्यरत रहेका पाइएको छ। लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन्। ‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने। प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?