सर्लाही/(कुमार पंकज)। सर्लाहीको पर्सा गाउँपालिका वार्ड २( संग्रामपुर) मा रहेको श्री नेपाल राष्ट्रिय बैजु जनता माध्यमिक विद्यालयले विद्यार्थी भर्ना अभियान अन्तरगत र्याली सम्पन्न गरेको छ । बाग्मती सेवा समाज नेपालको आयोजनामा शैक्षिक सत्र २०८० का लागि विद्यालयका विद्यार्थी, वार्ड अध्यक्ष ,कमरेड समुह र शिक्षकहरुको सहभागीतामा र्यालीको सम्पन्न गरेको हो ।
उक्त र्याली संग्रामपुर चौर हुँदै गाउँका विभिन्न ठाउँमा पुगेर सति बिहुला स्थान लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो । र्यालीमा सहभागी शिक्षक -विद्यार्थीले विभिन्न शैक्षिक नारा लेखिएका `समयमै भर्ना समयमै ज्ञान,गुणस्तरीय शिक्षा सबैको अभियान´ भने नारा ब्यानर र प्लेकार्डहरू प्रस्तुत गरेका थिए ।
वार्ड अध्यक्ष राकेश रामले, ” यो कार्यक्रमले शैक्षिक प्रारम्भ सँगै आम सर्वसाधारणको जानकारीका लागि यस्तो र्यालीको आयोजना गरिराखेको र यस्तो र्याली मार्फत हामीले अभिभावकको ध्यान खिच्न सकेका उहाँले बताउनुभयो । ”
“यहाँ बालबिकासदेखि मा वि तहसम्मका विद्यार्थीहरुका लागि आवश्यक पर्ने भौतिक एवम् शैक्षिक सामग्रीको पर्याप्तता छ । नि:शुल्क अध्ययनको अवसरका साथै स्वस्थ्यकर खाजा खान पाउने अवसरको संपूर्ण लाभ विद्यार्थीले उपयोग गर्न पाउन भन्ने थप उद्देश्यले र्यालीको आयोजना वार्ड अध्यक्ष रामले बताउनुभयो ।
“हामी सँग अत्यन्तै योग्य र तालिमप्राप्त शिक्षकहरुको टीम हुनुका साथै भौतिक सुविधा सम्पन्न शैक्षिक पूर्वाधार समेत रहेकोले अभिभावकलाई एकपटक विद्यालयको अवलोकन भ्रमणको निम्तो दिन पनि र्यालीको आयोजना गरिएको ” बताउनुभयो ।






