सँजु बाबा कन्स्ट्रक्सनले एक लाखको काम मा ९.५ लाख रुपैयाँ उठाए

२०८० बैशाख २२, शुक्रबार १५:२०

राजविराज / नगरपालिका नगरस्तरीय योजना रा.बि.-११ मा सैनी यादव को घर देखि उत्तर महिन्द्र यादव घर हुँदै पूर्व जानकी यादवको घर सम्म पी.सी.सी ढलान कार्य र मर्मत को ठेका (संजु बाबा कन्स्ट्रक्सन) ले लिएको थियो। उक्त ठेकेदारले सैनी यादव घर देखि महिन्द्र यादव को घर सम्म मा पहिले भएको काम मा ४ ट्रयाक्टर ग्रावेल मात्र हालेको हो र महिन्द्र यादव को घर हुँदै पूर्व जानकी यादवको घर सम्म मा पहिले नै ढलान कार्य भइसकेको थियो र हल्का पानी लाग्ने गर्थ्यो ढलान माथि सोही संजु बाबा कन्स्ट्रक्सन ले ढलान लाई २ इन्च जति मर्मत कार्य गरेको हो। र ठेकेदारले थपमा ६-७ वटा नालाको स्लाब ३*३ को पाटा ढालीएको हो त्यसमा ठेकेदारको लगभग एक लाख रुपैयाँ पनि खर्च नभएको अवस्था छ।र त्यसबापत संजु बाबा कन्स्ट्रक्सन ले नगरपालिका बाट मूल्यांकन गराई ९.५ लाख रुपैयाँ उठाएका छन्।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?