२३ वैशाख, काठमाडौं ।
शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको जानकारी दिएका हुन्। पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थीलाई बनाएर विदेश पठाउने प्रकरणमा संलग्न नभएको बताएका छन्।
‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस घटनामा प्रहरीले ९ जनालाई पक्राउ गरिसकेको छ।प्रहरीले अनुसन्धानको क्रममा पूर्वगृहचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। प्रहरीले अर्का पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरेको छ।

नेकपा एमालेका सचिव रहेका टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी छ। उनी हाल फरार छन्। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।
केशव दुलाल, सानु भट्टराई लगायतले उच्च अधिकारीसँग मिलेमतो गरी करोडौं रकम असुल गरी ठगी गरेको आरोप छ।
यस घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ। अनुसन्धानमा अझै पनि केही व्यक्तिहरू तानिन सक्ने प्रहरीले बताएको छ।






