सर्लाहीमा एक युवकको घाँटी रेटेर हत्या

२०८० बैशाख २७, बुधबार १७:१०

सर्लाही,(कुमार पंकज)। सर्लाहिमा एक युवकको घाँटी रेटेर हत्या भएको छ। जिल्लाको पर्सा गाउँपालीका देखि हरिपुर्वा जने सडक खण्डमा पथ्रा पुलभन्दा करिब २०० मिटर पुर्वको दुरिमा युवकको शव फेला परेका छ । जिल्ला प्रहरी सर्लाहीका अनुसार मृत्यकको अवस्था हेर्दा शरीर र घाँटी अलग फेला परेको छ । स्थानीयले युवकको शव फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक युवा तराई मूलका जस्तो देखिएका छन्। उनले निलो जिन्स, तथा रातो गमछा लगाएका थिए।

शवको पहिचानका हाल हुन न सकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?