काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो , त्यसमा जनता समाजवादी पार्टी, नेपालले २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन वेवसाइट र सञ्चारमाध्यमको माध्यम बाट विवरण उल्लेख गरिएको निर्वाचन आयोगलाई जानकारी गराएको छ ।





