महोत्तरी(कुमार पंकज)। महोत्तरीको सोनमा गाउँपालिका–८ बस्ने रामपुकार महरा को किड्नी र ज्वान्डिसका उपचारको लागी पर्सा गाउँपालिका-२ (संग्रामपुर)का वाड अध्यक्ष राकेश रामले आर्थिक सहयोग गरेको छ । ‘मानवसेवा नै वास्तबिक धर्म हो’ भन्ने उद्देश्यका साथ नि:स्वार्थ रुपमा काम काज गर्दै आईरहेको युवा वाड अध्यक्ष राकेश रामले नगद नेपाली रु पाँच हजार सहयोग गरेको छ ।
रामपुकार महराको परिवारीक अवस्था कमजोर भएकोले औषधि उपचार गर्नको लागि धौधौ परिरहेको महराले बताए । आफ्नो उपचारको लागि वाड अध्यक्ष रामले सहयोग गरेकोमा हर्षित हुँदै उनले भने– ‘मानवता नै सबैभन्दा ठुलो धर्म हो । मलाई सहयोग गरेको मा धन्यवाद दिदै भने ,म गरिब र बिमारी छु, छोरा छोरीहरु सानो छन ।’ बच्चाहरुको पढाई लेखाईको लागि पनि सहयोगी हातहरुको अपेक्षा गरेको उनले बताए ।
समूदाय अन्तर्गत वाड अध्यक्ष रामले गरिब ,असहायहरु लाई बारम्बार सहयोग गर्दै आईरहेको छ । आफू पनि एउटा दलित परिवारको भएकोले गरिब र असहाय परिवारहरुको समस्यालाई निजिकबाट हेरेको हुदा म यस्तो काम गर्न कहिले पनि पछि नहटने बताए ।






