टाटाको नेक्सन इभी म्याक्स अब जनकपुरमा

२०८० जेष्ठ ९, मंगलवार ०७:१६

जेष्ठ ९ ,जनकपुर

टाटाको नेक्सन इभी म्याक्स अब जनकपुरमा
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाको नेक्सन इभी म्याक्स जनकपुर स्थित गिरिजा अटोमा एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्त जंग सिजापती, टाटा मोटर्सका तर्फबाट नेपालका लागि कन्ट्रि म्यानेजर प्रशन्न रंगनाथन तथा उद्योग वाणिज्य संघका जितेन्द्र महासेठको उपस्थितीमा गाडी सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघको तर्फबाट सकारात्मक सहभाती रहेको र दुई वटा गाडी पनि डेलिभरी गरिएको छ ।
यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको जनकपुरमा विक्री वितरण शुभारम्भ गरेको छ । कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभी रु.४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध रहेको छ । उक्त गाडीमा ७.२ किलोवाटको बैकल्पिक चार्जरको पनि व्यवस्था गरिएको छ । उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको छ । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ ।
४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले ११० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरकोमाध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ ।
उक्त कार्यक्रममा बोल्नुहुदै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्त जंग सिजापती ज्युले भन्नुभयो “ हामिले नेक्सन इभीको नयाँ संस्करण नेक्सन इभी म्याक्स बिर्तामोडमा सार्वजनिक गर्न पाउदा अत्यन्तै खुुिस तथा उत्सासाहित छौ । नयाँ बिशेषताहरु र थप सुविधायुक्त यस गाडीले हाम्रा ग्राहकहरुको विश्वास जित्न सफल हुने कुरामा विश्वस्त रहेका छौं । आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोग यसैगरी निरन्तर रहिरहने छ भन्दै भविष्यमा पनि नयाँ तथा आधुनिक विशेषतासहित सेवा दिन सदैव प्रतिबद्ध रहेका छौं ।”
अनुभव गर्नुहोस सर्वोत्कृष्टताको नेक्सन इभी म्याक्सको भित्री एवं बाहिरी बनावट बीच एक साँच्चै सुन्दर सामान्जस्यता छ । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ । नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ ।
यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।
नेक्सन इभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ । यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन् । ८ वर्ष वा १६०,००० किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपीसिक्ससेभेनद्वारा प्रमाणित पनि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?