कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु

२०८० जेष्ठ १२, शुक्रबार ०८:२७

चन्दन रजक  राजविराज  /-राजविराजको   शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ lविद्यालय द्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजविराज नगरपालिका-५ बस्ने लक्ष्मण यादवको छोरा १५ बर्षीय पेसल यादवको मृत्यु भएको छ ।

राजविराज कुनौली रोडमा रहेको सो विद्यालयमा शुक्रबार करेन्ट लागेर घाइते भएका विद्यार्थीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए । मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?