नयाँ नागरिकता ऐन अनुसार आउदो आइतबार २१ गते देखि वितरण -गृह मन्त्रालयकी सहसचिव रूद्रादेवी शर्मा

२०८० जेष्ठ १९, शुक्रबार १४:४२

२०८० जेठ १९ गते काठमान्डौ

नयाँ नागरिकता ऐन अनुसार आउदो आइतबार २१ गते देखि नागरिकता प्रमाणपत्र वितरण सुरू हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरे पनि नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण सुरू भएको थिएन ।

गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न भनेपछि मुलुक भरका जिल्ला प्रशासनहरूले आइतबारदेखि नागरिकता वितरण थाल्ने भएका हुन्।

गृह मन्त्रालयकी सहसचिव रूद्रादेवी शर्माले भनेका छन आज हामीले नयाँ कानुन अनुसार नागरिकता वितरण सुरू गर्न सबै जिल्ला प्रशासनहरूलाई परिपत्र गरेका छौं,, ‘ऐन २०७८ को नियमावली अनुसार जारी भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?