प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा

२०८० जेष्ठ २२, सोमबार ०७:४६

२०८० जेष्ठ २२ गते ,काठमान्डौ

प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएका थिए।

खनालले त्यति भनिसक्दा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा १५ वटा मुर्रा प्रजातिका राँगा भारतले दिएको विषय केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा थियो।

त्यही विषयले आजको संसद बैठकमा हंगामा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?