सर्लाहि। मिडिया संचालकको कारले ठक्करदिदा सर्लाहिको कबिलासीमा विहिवार एक जना नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कविलासी नगरपालिका–१० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिनुभएको छ ।
नवलपुरबाट मलंगवातर्फ आइरहेको बा.४ च ९२०० नम्बरको कार तिब्र गतिमा भएकोले यादवलाई ठक्कर दिदा घटना स्थालमै मृत्यु भएको छ ।
ठक्कर दिने कारका चालक जानकी टेलिभिजन र साह केवलको संचालक जनकपुरधाम ४ मुर्लिचौकमा बस्ने बैद्यनाथ साह लाई प्रहरीले पक्राउ गरेको छ ।






