जनकपुरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक: एल, जी, बी, टी, आई, क्यू समुदायले मनयो गौरवको यात्रा

२०८० असार ५, मंगलवार १६:२५

जनकपुरधाम,(कुमार पंकज) । नेपालमा पनि जुन महिनामा लैङ्गिक तथा अल्पसङ्ख्य हरूले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्छन्। यस्तै आज मङ्गलवार पनि जनकपुरधामको बल्लु डायमण्ड सोसाइटीको कार्यालय देखि निकालिएको गौरवयात्रा रामानन्द चौक,जानकी चौक,जानकी मन्दिर हुँदै जनक चौकसम्म गौरवयात्रा (प्राइड पराइडे) जनकपुरधामा मनाएको छ।

बुल्लु डायमण्ड सोसाइटीले आयोजना गरेको कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकले आफ्नो अधिकारको पक्षमा आवाज उठाएका थिए। यस यात्रामा मधेस प्रदेशको विभिन्न जिल्लाबाट करिव दुई सयभन्दा बढी लैङ्िगक तथा यौनिक समुदायका व्यक्तिहरु सहभागीता जनाएका थिए । गौरवयात्रा जनक चौकमा पुगेर समापन भएको थियो।

विश्वभरी ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यस महिना विशेष हुने गरेको छ। समाजले विभिन्न पहिचानयुक्त समूहलाई अवहेलना गरी लाञ्छित तुल्याउने चलन छ।

लैंगिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारासहित यसको शुरूआत भएको हो। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यो महिना विभिन्न कार्यक्रम गरेर मनाइरहेको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?