युवा सचेतनाका लागि स्थानीय तहलाई बजेट छुट्टयाउन सञ्जालको ज्ञापन

२०८० असार ७, बिहीबार १३:०७

जनकपुरधाम,असार ७,
युवा सचेतनाका लागि स्थानीय तहहरुलाई बजेट छुट्टयाउन जिल्ला युवा सञ्जाल धनुषाले जिल्ला समन्वय समितिका सभापतिलाई ज्ञापन पत्र बुझाएका छन् ।

आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा स्थानीय तहहरु रहेकाले युवाहरुलाई समेत केन्द्रित गरेर बजेट ल्याउन सञ्जालका अध्यक्ष कुलदिप साहको नेतृत्वमा समितिका अन्य पदाधिकारीहरुले जिससका सभापति राजनन्दन मण्डललाई ज्ञापनपत्र बुझाएका छन् ।

कुलदिप साह

कुलदिप साह

स्थानीय तहहरुले आ–आफ्नो तरिकाले बजेट ल्याउने गरेकोमा केही स्थानीय तहले मात्र युवालाई सचेतना गर्ने खालको कार्यक्रम समावेश गर्नेगरेकाले सबै स्थानीय तहलाई त्यसमा ध्यान दिन जिससमा ज्ञापनपत्र बुझाएको अध्यक्ष साहले बताए ।

अहिले दिनहु सवारी दुर्घटना हुँदै आएको र त्यसबाट सबैभन्दा बढी युवाहरु प्रभावित भएकाले यसलाई कसरी न्युनीकरण गर्ने त्यस तर्फ ध्यान दिनेपर्ने आवश्यकता रहेकाले यस्ता समस्याहरु लिएर ज्ञापनपत्र बुझाएको अध्यक्ष साहले जानकारी दिए ।

अध्यक्ष साहले ट्राफिक सचेतना, लागूऔषध, एचआईभी एड्स जस्ता समस्याहरुलाई न्यनीकरण गर्न धनुषाका १८ वटै पालीकाहरुमा कार्यक्रम छुट्याउनका लागी समन्वय गरीदिन पत्र बुझाएको बताए ।

सबै स्थानीय तहहरुले आ–आफ्नो पालीकामा सचेतना लगायत यस्ता कार्यक्रमहरु छुट्याए आउने दिनमा युवाहरु सचेत हुँदा दुर्घटना कम हुने विशवास लिइएको छ ।source:- TodayPati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?