
मधेश आन्दोलन को क्रममा असई थमन बिक को हत्या आरोपमा महोत्तरी सदरमुकामका प्रदिप माझी,संजय साह र पवन कापर ८ वर्ष देखी जलेश्वर कारागारमा रहेको विषय लाई लिएर ज्ञापन पत्र बुझाउदै सरकारले उक्त मुदा बारे चाडै निकास गराउन पहल गर्न समितिले माँग गरेका छन ।
संघर्ष समितिले उक्त मुद्दामा रहेका कैयौ व्यक्ति जनप्रतिनिधि भई सकेको आरोप लगाउदै आम नागरिक लाई कैदी बनाएको प्रति उनिहरुले गुनाशो गरेका छन ।
जन आवाज संघर्ष समिति का शिवम कुमार झा, अर्जुन साह , मो . इरशाद आलम र तनवीर रेजा राइन लगायतका युवाहरुको सहभागिता रहेको थियो ।






