ADVERTISEMENT

मधेश आन्दोलन का क्रममा हत्या आरोप लागेका बन्दी को रिहाईको लागि जन आवाज संघर्ष समिति द्वारा धनुषा का प्रमुख जिल्ला अधिकारी लाई जन आवाज संघर्ष समितिले ज्ञापन पत्र बुझाए

२०८० असार ८, शुक्रबार ०९:५२

मधेश आन्दोलन को क्रममा असई थमन बिक को हत्या आरोपमा महोत्तरी सदरमुकामका प्रदिप माझी,संजय साह र पवन कापर ८ वर्ष देखी जलेश्वर कारागारमा रहेको विषय लाई लिएर ज्ञापन पत्र बुझाउदै सरकारले उक्त मुदा बारे चाडै निकास गराउन पहल गर्न समितिले माँग गरेका छन ।
संघर्ष समितिले उक्त मुद्दामा रहेका कैयौ व्यक्ति जनप्रतिनिधि भई सकेको आरोप लगाउदै आम नागरिक लाई कैदी बनाएको प्रति उनिहरुले गुनाशो गरेका छन ।

जन आवाज संघर्ष समिति का शिवम कुमार झा, अर्जुन साह , मो . इरशाद आलम र तनवीर रेजा राइन लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?