पर्सा गढी नगरपालिका वडा नं ८ हरपु र टोलमा रक्तदान
कार्यक्रम गरिएको छ ।रक्तसञ्चार केन्द्र वीरगञ्जमा रक्तको
अभाव भएको हुनाले र रक्तको अभावले कसैको ज्यान न जाओस् भन्ने उद्देश्यले यो आकस्मिक रक्त दान कार्यक्रम
गरिएको छ ।पर्सा गढी नगरपालिका वडा नं ८ की वडा अध्यक्ष सुन्दरी देवी थरुनी को प्रमुख अतिथि मा र फाउन्डेसनको अध्यक्ष चन्द्र किशोर राम ज्यू को सभापतित्व
मा कार्यक्रमको सञ्चालक बलकेश्वर राम ले बताएका छन् ।
कार्यक्रममा पूर्व सांसद राम आश्रे राम, राम ,सदस्य ब्रहृमा राम नेपाली,शिव राम ,जयराम दास,जितेन्द्र राम ,
भूपतिन्द्र कुमार राम,विनोद राम , रुपचन राम लगायतका उपस्थिति रहयो।
यसमा महिला 3जना र पुरुष25 जना जम्मा 28 जना
ले रक्तदान गरेका छन् ।





