कुमार पंकज
जनकपुरधाम, असार ८ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाम उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०-०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
उप-महानगरपालिकाको १० औँ नगर अधिवेशनमा नगर उपप्रमुख किशोरी साहले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १ अर्ब १३ करोड ६२ लाख, पुँजीगत खर्च ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार हजार रुपैयाँ विनियोजन गरिएको छ ।
अरु कुन शीर्षकमा कति ?
१) सार्वजनिक स्थानमा फोहोरमैला संकलनको लागि डस्टबिन व्यवस्थापन गर्न ३० लाख,
२) लामखुट्टे नियन्त्रणको लागि अध्ययन गर्न २० लाख तथा सोको प्रतिवेदन अनुरूप कार्य गर्न थप २ करोड ५० लाख,
३) नगरपालिकाको आफ्नो सवारी साधन पार्किङस्थल तथा ग्यारेजको लागि १ करोड ५० लाख,
४) नगर सौन्दर्यकरण योजना तथा फोहोरमैला प्रशोधन केन्द्र निर्माणको लागि २ करोड ५ लाख,
५) रंगभूमि मैदान व्यवस्थापनको लागि सहलगानी अनुरूप २० लाख,
६) रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा थप निर्माण गर्न २० लाख,
७) घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख,
८) आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार,
९) सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय,
१०) पूर्वाधार विकास ९० करोड ९८ लाख ८८ हजार २९०, वन,
११) वातावरण तथा विपद व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय,
१३) सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट विनियोजन गरेको छ।






