काठमाडौं महानगरको नयाँ नीतिहरु।

२०८० असार १२, मंगलवार ०३:१२

२०८० १२ असार, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा करको दायरा विस्तारलाई जोड दिएको  छ । करका दरहरु यथावत राख्दै झोलामा गरिने विज्ञापनदेखि सवारी साधनमा  करसम्मका प्रावधान थपिएका छन् । महानगरपालिकाले आर्थिक ऐन २०८० सार्वजनिक गर्दै  कर तिर्न प्रेरित गर्न विभिन्न स्किमहरु ल्याएको छ । पार्किङ प्रयोजनमा बहुतले भवन निर्माणलाई प्राथमिकता दिएको महानगरले सडकमा अनुमति नलिई निर्माण सामग्री राखेमा चर्को जरिवाना लगाउने समेत नियम ल्याएको छ ।

महानगरले फनपार्कमा व्यवसाय कर सुरु गरेको व्यावसायिक र आवासीय भवनले पार्किङ शुल्क लिन नपाउने गरी निषेध समेत गरेको छ ।

काठमाडौं महानगरको नयाँ नीतिहरु

१.पार्किङ प्रयोजनका लागि भवन बनाउनेलाई प्रोत्साहन ,
२.होटल, रिर्सोट र चलचित्र भवनले बक्यौता तिरेमा ३० प्रतिशत छुट ,
३.सवारी साधन भाडामा लगाउनेले बहाल कर तिर्नुपर्ने ,
४.फनपार्कमा व्यवसाय कर ,
५.परिचय पाटी र झोलामा गरिने विज्ञापनमा कर ,
६.सडकमा निर्माण सामग्री राख्न वडाबाट स्वीकृति चाहिने,

७.आवासीय र व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?