सांस्कृतिक चाडपर्वहरूको प्रबर्द्धन तथा सम्वर्द्धनका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८० असार १२, मंगलवार १५:३६

(कुमार पंकज)
जनकपुरधाम,असार १२ गते ।
जनकपुरधाममा`सांस्कृतिक चाडपर्वहरूको प्रबर्द्धन तथा सम्वर्द्धनका´लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधाम उप माहानगरपालिकाको आर्थिक सहयोग र शैक्षिक अभियान नेपालले आयोजना गरेको कार्यक्रममा शैक्षिक अभियान नेपालको संयोजक तथा अध्यक्ष शान्ति बुलुनको अध्यक्षता रहेको थियोे भने कार्यक्रमको प्रमुख अतिथिमा जनकपुरधाम उप माहानगरपालिकाका नगर प्रमुख मनोज साह तथा बिशिस्ट अतिथिमा जनकपुरधाम उप माहानगरपालिका उप प्रमुख किशोरी साह रहनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख साहलेभने “हाम्रो मिथिलाको रिति रिवाजलाई बैज्ञानिक हिसाबले मनाउने गरेका छन् । मधेसको प्राकृतिक सम्पदाहरुको आफनै छुट्टै विशेषता रहेको बताए । मिथिला ज्ञानको भणडार हो भन्दै मधेस बाट्टै गौतम बुद्ध लगायत सयौं बिदुवानहरुको जन्म भएको गर्भ गर्नु भयो । हामी सबै मिलेर राष्ट्र स्मृधिको सहयोग गर्नु पर्ने बताउनु भयो । प्रकृतिक बैज्ञानिक रूपमा मनाई रहेको पर्वहरु हाम्रै समाजमा रहेको छ् । हाम्रो मिथिला प्ररिक्रमाले छुट्टै महत्त्व बोकेको छ, हाम्रो मिथिलाबासीलाई एउटै डिरिमा बाध्ने गरेको छ । हामीलाई आफ्नो धर्म पर्वलाई बिर्सनु हुँदै ।”नगर प्रमुख साहले बताउनु भयो ।

बिशिस्ट अतिथि जनकपुरधाम उप माहानरपालिका उप प्रमुख किशोरी साह का अनुसार युवा पुस्ता अ आफनै अबरोधमा अल्झिएको अवस्था रहेको बताउनु भयो । युवा पुस्ता आफ्नो पौरानिक मुल्य मान्यता लाई बिर्सेर आफैं अबरोधमा अल्झिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै शैक्षिक अभियान नेपालको संयोजक बुलुनले भनिन ” म पहाडमा जन्मेको भएपनि मलाइ मिथिला को चाडपर्वहरु धेरै मन पर्छ। हाम्रो देश भरि मै अब मिथिला को छठ पर्व मनाउन थलेको छ। म आफैं केही बर्ष देखि छठ पर्व मनाउन थालेको छु । मिथिलाको संस्कृतिलाइ बिश्व भरिमा अपनाउन थालेको छ । यसलाइ कसरी जोगाउन सकिन्छ। यो बिषयमा हामी सम्पुर्ण नेपालीहरुलाइ आगाडी आउनु पर्ने बताउनु भयो।

उक्त कार्यक्रममा जनकपुरधाम उप महानगरपालिका २५ औं वार्डका वार्ड अध्यक्ष,सदस्य,जनप्रतिनिधि,समाजसेवी,
सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको पहिलो दिन वार्ड न. १ देखि १३ सम्मका जनप्रतिनिधिहरु को सहभागी रहेको थियो भने दोस्रो दिन वार्ड न.१४ देखि २५ सम्मका जनप्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी ता रहेको थियो । दुई दिने कार्यक्रममा प्रशिक्षक मनोज कुमार साहले प्रशिक्षण गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?