राजर्षि जनक विश्वविद्यालयका बिद्यार्थीहरुको भविष्य अन्धाकारमा

२०८० असार १५, शुक्रबार १४:३१

जनकपुरधाम,असार १५ गते । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा करिब डेढ बर्ष देखि उपकुलपति र राजिष्टार बिहिन हुदा, विश्वविद्यालयका बिद्यार्थीहरुको भविष्य अन्धाकारमा छ । विश्वविद्यालयमा पदाधिकारी विहिन हुँदा विश्वविद्यालयको अवस्था झन जर्जर बन्दै गइरहेको छ। विश्वविद्यालयका भीसी, रजिष्ट्रार, डिन लगायतका पदाधिकारीहरु नियुक्त नभएको १८ महिना बढी भइसकेको छ। यस अघिका पदाधिकारीहरु कार्यअवधि पूरा गरेर अवकाशसमेत पाइसकेका छन्।

पदाधिकारीहरु नहुदा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हरुको भविष्य अन्यौलमा परेको विद्यार्थीहरुको गुनासो रहेको छ । साथै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवा दी पार्टीका भातृ संगठनका अनेरास्ववियूका केन्द्रिय सदस्य आदर्श मण्डलले भन,” मधेस संग चुनावको बेलामा लभ पर्ने पुष्पकमल दाहाल प्रचण्ड जी लाई मोतिया बिन्दु त छैनन् नि ? डेढ बर्ष देखि राजर्षी जनक विश्वविद्यालय उपकुलपति र राजिष्टार बिहिन हुदा पनि सुझाउदैन । विश्वविद्यालय चलाउने सरकार संग क्षमता छैन भने राजर्षी जनक विश्वविद्यालय बन्द गरे हुन्छ ।

यो देशमा मधेस प्रदेश प्रति केन्द्रिय सरकार कुनै पनि काम प्रति चासो छैन जस्तो लाग्छ । केन्द्र सरकारको जिम्मा रहेको राजर्षी जनक विश्वविद्यालयमा करिब डेढ बर्ष देखि उपकुलपति र रजिस्ट्रार बिहिन छ , ता पनि अहिलेसम्म उपकुलपति र रजिस्ट्रार र शिक्षकहरु आफ्नो पर्याप्त मात्रामा नभएकोले अहिलेसम्म विश्वविद्यालय बन्द नै छ । पढाअधिकारी नभएकोले हाम्रो विश्वविद्यालय बन्द रहदा पनि शिक्षा मन्त्रालय कुनै चासो पनि छैन ।

राजर्षी जनक विश्वविधालय जहाँ नामको लागि मात्रै विश्वविद्यालय छन कामको लागि भन्दैमा त्यहाँ केही पनि छैन । देशको हरेक ठाउँको संरचना बदिल्यो तर राजर्षी जनक विश्वविद्यालय जस्ताका तेस्ता नै छ्न । हरेक कुरा समय अनुसार बदलियो तर राजर्षी जनक विश्वविधालय जस्ता तेस्तै छन । करिब डेढ बर्ष देखि राजर्षी जनक विश्वविधालयमा उपकुलपति र रजिस्ट्रार बिहिन छ । शिक्षा मन्त्रालय पटकपटक धाए तर पनि अहिलेसम्म उपकुलपति र रजिस्ट्रारको अतोपतो छैन” उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?