मधेस प्रदेश: यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयमा प्रादेश स्तरको अन्तक्रिर्या कार्यक्रम सम्पन्न

२०८० असार १८, सोमबार १५:१३

(कुमार पंकज)
जनकपुरधाम, असार १८ गते । मधेस प्रदेशको राजधानी जनकपुरधममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयमा प्रादेशिक स्तरको अन्तक्रिर्या कार्यक्रमको सम्पन्न भएको छ।

सोमबार मधेस प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको सहयोग र सुनौलो विहानी समाज जनकपुरधामको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बुल्लु डायमण्ड सोसाइटीको संयोजक पिंकी गुरुङको अध्यक्षता र निति आयोगको उपाध्यक्ष शरदा थापाको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरू संग यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका मुद्धाहरु विषयक सम्बन्धमा प्रादेशिक स्तरको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो।

कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको राष्ट्रिय तथा अन्तरास्ट्रिय अवस्था बारेमा डाटा प्रस्तुति गर्दै, हाम्रो समाजले लैंगिक अल्पसंख्यक समुदायलाई एकदमै विभेद गर्छ। लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । हामीलाई अझै धेरै संघर्ष गर्नु पर्ने अवस्था छ। माहाभारत काल देखी रामायणसम्म विषयलाई उखान गर्दै, हाम्रो समुदायका व्यक्तिहरुले भोग्नुपर्ने लालछाना , विभेद र हिसां नेपालमा अझै व्याप्त रहेको कुरा भुमिका श्रेष्ठले प्रस्तुतिकरण गरिन।

समाजका हरेक मानिस सरह यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिलाई पनि समान आधारमा हेर्न र समाजका व्यक्तिहरुको सोचमा परिवर्तन ल्याउने अवस्था देखिन्छ । यो समुदायको व्यक्तिहरुले बिस्तारै बिस्तारै आफ्नो अधिकार प्राप्त गरिरहेका छ्न । तपाईंहरु अझै पनि राजनीतिक रुपमा अगाडि आएर संघर्ष गर्नु पर्ने अवस्था छ । संगै यो समुदायका व्यक्तिलाई रोजगार उन्मुख बनाउन उत्पादन शिल कार्यमा लगाउनको लागि रोजगार कार्यक्रमहरु ल्याउने नैछौ । जनकपुरधाम उप महानगरपालिका उप प्रमुख किशोरी शाहेले भन्नू भयो।

यसरी कार्यक्रम गर्दै आगामी दिनमा प्रदेश सरकार नीति बनाउदा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका बारेमा विशेष मध्यनजर गर्दै नीति तथा कार्ययोजना तयार गर्ने समेत मधेस प्रदेश सरकारका निति आयोगका उपाध्यक्ष शरदा थापाले प्रतिबद्धता समेत जनाउनु भयो। उनले भने ‘ कार्ययोजना तथा नीति निर्माण गर्दा तथ्यांक एकिन नहुदाँ केही समस्या आउने गरेको बताइन् ।

समानता र समताको कुरामा आधारित रहेर यो समुदायका मुद्दा लाई पनि उठान गर्न सधै अग्रसर रहेको छु र आगामी दिनमा पनि रहने नै छु। स्थानीय सरकारले कुरा नबुझेर यो समुदाय अहिले पनि पछाडी परेको छ र तपाईंहरु संगठित रुपमा अगाडि आउनु हामी तपाईंहरुको साथमै छौ। मानवीय प्रदेश संसद राम आषिश यादवले बताउनु भयो।

प्रादेशिक स्तरको अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, मानव अधिकार आयोगका रेखा दत,मानवीय प्रदेश संसद रेखा शर्मा तिवारी, जनकपुरधाम उप महानगरपालिका उप प्रमुख किशोरी शाह, संचारकर्मी, लगायत मधेस प्रदेशको ८ बाटा  जिल्लाका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संजय शर्माले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?