मेयर बालेन शाहको अर्को निर्देशन

२०८० असार १९, मंगलवार ११:०७

२०८० असार १९ मंगलबार काठमाडौ

काठमाडौ महानगरपालिका मेयर बालेन शाहले निर्देशन दिएका छन।मेयर बालेन शाहले भनेका छन

काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् ।

वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ ।

यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।आज देखि वसन्तपुर क्षेत्रमा सवारी साधन ल्याउन मनाही गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?