चन्दन रजक
राजबिराज : सप्तरीमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । सप्तरीको राजबिराज नगरपालिकाको वाड नं १५ स्थित बिहिबार खाडोपुल नजिकैमा एक पुरुषको शव फेला परेको सप्तरीका प्रहरीले जनाएको छ ।
स्थानिय दिपक यादवका अनुसार परिचय खुल्न नसकेको अन्दाजी वर्ष ४०/५० को कालो वर्णमा रहेको मानिस खाडोपुलको नजिकै अवस्थामा शव भेटिएको हो ।
अहिले उनको शव सगरमाथा अंञ्चल अस्पतालमा राखिएको जानकारी दिए। कसैको आफ्नो मान्छेको शव भए जिल्ला प्रहरी कार्यालय सप्तरीमा सम्पर्क गर्न अनुरोध गरिएको कार्की बताए।
यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






