आशा होटल एण्ड खाजा घर हाेटलमा एकजना मृत फेला

२०८० श्रावण ९, मंगलवार १०:२४

गएराति मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नावय निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्को नेतृत्वको टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको हो ।
पौडेल बडिगाड गाउँपालिका- ६ स्थित आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका थिए । घटनास्थलको प्रारम्भिक अवस्था बारेमा जानकारी दिँदै प्रमुख खड्काले आफुहरु घटनास्थल पुग्दा शव होटलको भुइँतलामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको बताए ।मृतक पौडेलका आफन्तहरु घटनास्थलमा आइसकेकोले मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भएको उनले जानकारी दिए ।

सोमबार दिनभर बडिगाड खोलमा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाई अाफू भने इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ लागेका थिए । साेही क्रममा उक्त होटलमा खाजा खान पसेको र पछि मृत भेटिएकाे प्रारम्भिक अनुसन्धानले देखाएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन् ।
• प्रहरीले होटल सञ्चालक महिला आशा कुँवर र उनका छोरा २१ वर्षीय विनोद कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।प्रहरी अधिकृत नै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका-उपशंकाहरु पैदा गराएको छ । समाजमा घटेका घटनाहरुको अनुसन्धान गर्ने प्रहरी अधिकृत नै मृत फेला परेको घटनाको सूक्ष्म अनुसन्धान गरी प्रहरीले घटनाको वास्तविकता ल्याउनुपर्ने स्थानियहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?