२०८० असार १० काठमान्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सय किलो सुन भित्रिएको घटनामा संसद अवरोध गर्ने भएको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नमाग्ने राप्रपाको भनाइ छ।
‘हामीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्छौं तर उहाँको राजीनामा माग्दैनौँ’, राप्रपामा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने छन ।
राप्रपाले सुन छुटाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा फोन गरेका भनिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोरालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने माग अघि सारेको छ।






