मगर र तामाङ समुदायमाथि भएको दमनप्रति महतोको आपत्ति

२०८० श्रावण १८, बिहीबार ११:१६

२०८० साउन १८ काठमाडौ

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले तामाङ र मगर समुदायका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएका छन् ।

बुधबार शान्तिपूर्ण विरोध गर्दा  प्रहरीले आदिवासी जनजातिप्रति दमन गरेको आरोप उनले लगाएका छन् । विहिवार एक विज्ञप्ति जारी गर्दै नेता महतोले भनेका छन्, ‘सिंगो मगर, तामाङलगायतका समुदायलाई आनुवांशिक रुपमा नै अपराधिककरण प्रवृतिको भन्नु सामान्य कुरा होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?