प्रवक्ता शर्मा भन्छन :सरकारले नगरेको भए यो पनि हुदैन थियो।

२०८० श्रावण १८, बिहीबार ११:४२

२०८० साउन १८ काठमाडौ ,

सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने  हुन्थ्यो बताएकी छिन।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै  शर्माले सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको दाबी गरिन् ।

‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ । सरकारले नचाहेको भए  यो सुन पनि समातिने थिएन । त्यो विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुट कजसम्म हामी पुग्छौ भनेर कमिटमेन्टसहित नेतृत्व लागिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?