जन आवाज संघर्ष समिति द्वारा प्रेस बिज्ञप्ति

२०८० श्रावण २८, आईतवार १६:०१

जन आवाज संघर्ष समितिको मिति २०८०/०४/२८ गते बसेको कार्यसमितिको बैठकमा २०८०/०४/२१ गते जिल्ला प्रशासन कार्यालय जलेश्ववर महोत्तरी मार्फत मधेश आन्दोलन का क्रममा असई थमन विक को हत्या आरोपमा जलेश्वर कारागारमा बन्द रहेका जलेश्वर नगरपालिका १ का प्रदिप साह मांझी वडा २ का संजय साह र वडा ९ का पवन कापर राजबन्दीहरुको आरोप ऊपर सुनुवाईका लागि नेपाल सरकार लगायत सम्बन्धित निकायलाई ४ दिने अल्टीमेटम सहित ज्ञापन पत्र बुझाईएको थियो । उक्त विषयमा सरकारबाट कुनै किसिमको पहल नभएको प्रति संघर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको छ । तसर्थ पूर्व घोषित कार्यक्रम अनुसार जन आवाज संघर्ष समिति द्वारा मिति २०८०/०४/३१ गते बुधवार ४:३० बजे देखी विभिन्न मांग सहित शांतिपूर्ण धरना प्रदर्शन गर्दै संघर्षको कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ ।

माँगहरु:१. असई थमन विकको हत्यामा संलग्न व्यक्तिहरुमाथि अविलम्ब कारबाही गर्ने । २. निर्दोष राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?