विष्णुपुर गाँउपालिकाका को दुईजना कर्मचारी पाँच लाख घुससहित अख्तिायरको फन्दामा

२०८० श्रावण ३१, बुधबार ०८:४१

सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका लेखापाल (अकाउन्टेन्ट) टेक नारायण यादव र एमआईएस अपरेटर बीरेन्द्र कुमार यादवलाई घुससहित पक्राउ गरिएको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको जनाएको छ । सोलार बत्ति जडान लगायत अन्य योजनाको काम गरिदिएवापत सेवाग्राहीसँग घुस  मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाबाट खटेको टोलीले यादवद्धयलाई घुससहित रँगेहात्त  राजविराज नगरपालिका वडा नं. ३ त्रिभुवनचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।  दुवै जनालाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा इटहरीमा लगिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?