सप्तरीका इन्स्पेक्टरको राजिव गिरीको सरुवा

२०८० भाद्र ३, आईतवार ०३:३५

चन्दन रजक
सप्तरी , ३ भादौ । जिल्ला  प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर (प्रहरी निरीक्षक) राजिव गिरीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन महाशाखाले एक सूचना निकाल्दै ९ सय ५८ इन्सपेक्टरको एकैपटक सरुवा गरिएको जनाएको छ ।

जसमा सप्तरी जिल्लामा रहेका इन्सपेक्टर गिरी को पनि सरुवा भएको उल्लेख छ । यसैगरी गिरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय प्रहरी महाशाखा टंगाल सरुवा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?